कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २१:११:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/congress-shekhar_d6ZvDXP1CQ.jpg)
२४ फागुन, झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला अहिले पूर्वी नेपालको दौडाहामा छन् । चितवन जिल्लाका बिभिन्न कार्यक्रमहरुमा सरिक भएपश्चात उनी भोली दमक आउने कार्यक्र तय भएको छ ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको घर आँगनमा पुगेर सुख दुःखमा सहभागी हुन रुचाउने कोइरालाले चितवन जिल्लाका पूर्व सांसद तथा कांग्रेस नेता स्व. एकनाथ रानाभाटको घरमै पुगेर परिवारसँग शोक समवेदना प्रकट गरेका थिए । त्यसैगरी चितवन जिल्लाकै जुटपानी निवासी कांग्रेसका नेता सरोजकुमार श्रेष्ठलाई समवेदना ब्यक्त गर्न उनकै निवास पुगेका थिए ।
झापा जिल्लाका पुराना कांग्रेस नेता तथा पूर्व राष्ट्रिय सभा सदस्य डा. शंकर उप्रेतीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न झापा आएका नेता डा. शेखर अहिले झापा जिल्लाका बिभिन्न क्षेत्रमा भएका पार्टीका प्रशिक्षण र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुँदैछन् । कोइराला भन्छन् :– प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो सङ्कट पनि त्यही नै हो ।
कांग्रेसप्रतिको अथक परिश्रम र भविष्यमा नेपाली कांग्रेसलाई कसरी शक्तिशाली पार्टी बनाउन सकिन्छ भन्ने ध्याउन्न कै कारण उनीप्रति सिंगो नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको आस्था र विश्वासमा बृद्धि हुँदै गएको छ ।
सिंगो नेपाली कांग्रेसको प्राण अहिले नेपाली कांग्रेसका नेता डा. शेखरमा अडेको आँकलन गरिएको छ । डा. शेखरले बोलेको हर एक कुराहरु अहिले हुबहु पुरा हुँदै गैरहेका छन् । नेपाली कांग्रेस अब लहड र राजनीतिक हावाको बहावमा जता हल्लायो त्यतै हल्लिनु हुँदैन भन्ने निडर र हक्की स्वभावका धनी नेता डा. शेखरलाई अहिले सिंगो नेपाली कांग्रेससले पर्खिरहेको अनुमान गर्न थालिएको छ ।
पार्टीलाई सामुहिक नेतृत्वबाट पुरानै अवस्थामा पुर्याएर मात्रै बिश्राम लिने सोचका साथ कोइराला अहिले सिंगो मुलुकको दौडाहामा छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनलाई असंबैधानिक र अलोकतान्त्रिक कदम भन्दै उनले यसलाई सच्याउनु पर्ने एक सुत्रिय माग राखेर गरेको आन्दोलनले समेत अहिले सार्थकता पाएको देखिएको छ ।
कार्यकर्तामाझ अत्यन्तै सरल र नम्र स्वभावले प्रस्तुत हुने नेता कोइराला पार्टीमा भने आफ्ना अडानहरुमा चट्टान झै अडिग भएका छन् । नेपाली कांग्रेस भित्र क्षणिक लाभ र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरुका लागि भने डा.शेखर अत्यन्तै ठूलो तगारोको रुपमा खडा भएको कार्यकर्ता पंक्तिको आँकलन छ ।
पार्टीलाई सधैं बिधि, पद्धति, बिधान र नीतिमा आधारित भएर अगाडि बढाउनु पर्छ भन्ने डा. कोइराला व्यक्तिगत गुट उपगुट र समूहगत राजनीतिछबाट समेत टाढा रहन चाहन्छन् । वर्तमानमा देखिएको नेपाली कांग्रेसको गुटगत राजनीतिले नेपाली कांग्रेसलाई नै धरासायी बनाउदै लैजाने कुरामा पनि डा. शेखर उत्तिकै चिन्तित देखिन्छन् ।
पार्टीलाई सामुहिक नेतृत्वबाट पुरानै अवस्थामा पुर्याएर मात्रै बिश्राम लिने सोचका साथ कोइराला अहिले सिंगो मुलुकको दौडाहामा छन् ।वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनलाई असंबैधानिक र अलोकतान्त्रिक कदम भन्दै उनले यसलाई सच्याउनु पर्ने एक सुत्रिय माग राखेर गरेको आन्दोलनले समेत अहिले सार्थकता पाएको देखिएको छ ।
सत्तामा जोसुकै पनि जान सक्ने तर बिधि, बिधान र संबिधान मिच्न नमिल्ने भनेर लोकतन्त्र र संबिधानको सुरक्षाका लागि निरन्तर खबरदारी गर्दै आएका कोइराला नेपाली कांग्रेस अहिले सांगठनिक दृष्टिले अत्यन्तै कमजोर स्थितिमा रहेको कुराले पनि अत्यन्तै चिन्तित देखिएका छन् ।
नेपाली कांग्रेसको संगठन सुदृढिकरणका लागि नै अहिले उनी पूर्वी नेपालको भ्रमणमा रहेका छन् । नेपाली कांग्रेसमा अहिले नेतृत्व तहमा देखिएको गुटबन्दीले अत्यन्तै गहिरो गरी जरा गाडन थालेको देखिन्छ । जति जति ब्यक्तिगत गुटबन्दीमा नेताहरु लाग्दछन् त्यति त्यति कार्यकर्ताहरुमा हिनताबोध र नैराश्यता पलाउन थाल्दछ । यसले मर्न लागेको बिरुवामा सिंचाई गर्न सक्दैन अनि पालुवा पनि हाल्न सक्दैन । तर आम नेपाली कांग्रेसका नेता तथा कार्यकताहरु अब नेपाली कांग्रेस एउटै भएको देख्न चाहदैछन् ।
देशमा कम्युनिष्टहरुको नाङ्गो नाँच देखेर जनताहरु नेपाली कांग्रेसतर्फ पुनः आकर्षित भैरहँदा नेताहरुमा देखिएको चरम गुटबन्दीले डा.शेखर अत्यन्तै चिन्तित देखिएका छन् । भाषणमा जतिसुकै एकताका कुरा गरे पनि नेपाली कांग्रेसभित्रको ब्यक्तिवादी गुटलाई फुटाल्न नसक्ने हो भने नेपाली कांग्रेस कहिल्यै पहिलो पार्टी बन्न नसक्ने बुझेर डा. शेखर अहिले आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट र छलफलमा सरिक भैरहेका छन् ।
अगुवा कार्यकर्ता भेलामा दमक, कमल, गौरादह र गौरीगंज क्षेत्रबाट व्यापक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने नेपाली कांग्रेसका क्षेत्रिय सभापति ढुंढीराज भण्डारीले बताए । नेपाली कांग्रेसलाई एकताबद्ध बनाउदै महाधिवेशनको तयारीमा लागेको अवस्थामा र देशको वदलिंदो राजनीतिक परिवेशमा कांग्रेसका प्रभावशाली नेता डा. शेखरको दमक आगमनलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
नेपाली कांग्रेसलाई अब कसरी अगाडि बढाउने, कस्तो कार्यदीशा अपनाउने, कस्ता नीति र कार्यक्रमले कांग्रेसलाई जनताको प्यारो पार्टी बनाउन सकिन्छ भनेर आम कार्यकर्ताहरुको भावना र चाहना बुझ्न यहि फागुन २५ गते कोईराला झापाको दमकमा अगुवा कार्यकर्ताहरुसँगको छलफलका लागि आउने भएका हुन् । उक्त अगुवा कार्यकर्ता भेलामा आफ्ना योजनाहरु, पार्टीको आशन्न चौधौं महाधिबेशन, महाधिवेशनमा आफ्नो उपस्थिति, कांग्रेसको आगामी कार्यदिशा लगायतका बिषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्रिय समिति क्षेत्र नं. ५ को आयोजनामा हुने उक्त अगुवा कार्यकर्ता भेलामा दमक, कमल, गौरादह र गौरीगंज क्षेत्रबाट व्यापक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने नेपाली कांग्रेसका क्षेत्रिय सभापति ढुंढीराज भण्डारीले बताए । नेपाली कांग्रेसलाई एकताबद्ध बनाउदै महाधिवेशनको तयारीमा लागेको अवस्थामा र देशको वदलिंदो राजनीतिक परिवेशमा कांग्रेसका प्रभावशाली नेता डा. शेखरको दमक आगमनलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
चाहे नेता हुन चाहे सामान्य कार्यकर्ता डा. शेखरको पार्टीका कार्यकर्ताहरुको घरघरमा गएर सहानुभूति र व्यक्तिगत समर्थन प्रकट गर्ने अत्यन्तै उदार र निष्कपट भावना छ । जसले गर्दा डा. शेखरप्रति आम नेता र कार्यकर्ताहरुको हेर्ने बेग्लै आँखा छन् ।
सिङ्गो नेपाली कांग्रेसलाई आफ्नो घर ठानेर त्यही घरलाई रङ्ग रोगन गर्न कस्सिएका डा. कोइराला मक्काएमा अस्थिपन्जरहरुलाई कसरी रेक्टोफिटिङ गर्ने भनेर देश दौडाहमा छन् । आम कार्यकर्ताको भावना र चाहना बुझेपछि पार्टीलाई सोही अनुसारको मार्गमा डोहोर्याउने उनको चाहनालाई सिङ्गो नेपाली कांग्रेसले साथ दिन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४३ करोड, चालु आवको भन्दा १६ प्रतिशतले कम
असार २, २०८१ आइतबार
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
असार २, २०८१ आइतबार
बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : पशुपति समशेर जबरा
असार २, २०८१ आइतबार