पोखरामा पहिलो पटक मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २२:२४:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/pokhara_BiAnCjPzYh.jpg)
२४ फागुन, कास्की । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिए ।
सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिनेछ । प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक आउने जनाइएको छ । चैत २४ देखि २८ गतेसम्म सेमिनार तथा चैत २९ देखि ३१ गतेसम्म अन्तरराष्ट्रिय मुआथाइ महासङ्घको नियममा रहेर प्रतियोगिता सञ्चालन हुने बताइन्छ । राष्ट्रिय मुआथाई च्याम्पियनसीपमा देशका सातै प्रदेशका २१ जिल्लाबाट प्रशिक्षक, निर्णायक र खेलाडी गरी ४०० जनाको सहभागिता रहने छ ।
प्रतियोगितामा खेलाडीले ४५ केजीदेखि ९१ केजी तौलसम्म विभिन्न सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकबहादुर गोदारले जानकारी दिए । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका सङ्घका कोषाध्यक्ष सम्पन्न श्रेष्ठले अन्तर्राष्ट्रिय सेमिनारका माध्यामबाट नेपालका लागि मुआथाइको अन्तरराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट प्रशिक्षक तथा निर्णायक उत्पादनमा सघाउ पुग्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार