सकसपूर्ण अवस्थामा माधव र झलनाथ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २३:९:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/jh-makune-copy_HN4ZTYosgT.jpg)
२४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले हिजो गरेको फैसलाले नेकपा एमाले भन्ने दल व्यूँतिएको छ । साथै, नेकपा माओवादी केन्द्र पनि पुरानै हैसियतमा आइपुगेको छ । कसैले नसोचेको राजनीतिक परिवेश निर्माण भएकाले अब कसरी अगाडि बढ्ने भन्ने चिन्ता पार्टी नेतृत्वलाई परेको छ ।
नेकपा भन्ने दल ऋषिराम कट्टेललाई दिने मात्र फैसला गरेको भए यतिको सकस पर्ने थिएन । तर पार्टी एकीकरण प्रकृया नै फेरि नयाँ शीराबाट थाल्न आदेश भएपछि त्यसको सम्भावना टरेको छ । फैसलाले थोरै गाह्रो नेकपा माओवादी केन्द्रलाई परेको छ । तर अस्तित्व नै धरापमा पर्ने अवस्था चाहिं पूर्व नेकपा एमालेका नेताहरुलाई परेको छ । यसमा माधवकुमार नेपाल,झलनाथ खनाललगायत रहेका छन् ।
राजनीतिक रुपमा यो फैसलाले केपी ओलीलाई केही राहत पुगेको छ । तर उनको सरकार पनि अब अल्पमतमा परेको छ । त्यसको व्यवस्थापनका लागि ओली देशैभरि नेकपा एमाले व्यूँताउने अभियानमा लागिसकेका छन् । नेता नेपाल र खनालहरु भने अब कसरी अगाडि बढ्ने भन्नेमा बढी चिन्तित देखिन्छन् । अदालतको आदेशले अब नेकपा एमालेमा फर्कनुको विकल्प छैन ।
या त फैसलाको पुनरावलोकन गर्न निवेदन दिनुप¥यो वा फैसला स्वीकार गर्नुप¥यो । पुनरावलोकन गर्ने तयारी गर्दापनि तत्काल अन्तरिम आदेश नआउने भएकाले नेपाल– खनालहरु एमालेमै फर्केर ओली प्रवृत्ति विरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेका छन् । आज दिउँसो पूर्व एमाले सम्बद्ध आफू पक्षीय नेताहरुको भेलामा यो गुटले यस्तो निश्कर्ष निकालेको हो ।
त्यसपछि आजै प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक अहिले माओवादी मुख्यालय रहेको पेरिसडाँडामा सुरु भएको छ । सम्भवतः यो समूहको यो बैठक नै अन्तिम हुनसक्छ । किनभने अब निर्वाचन आयोगले चाल्ने कदमका आधारमा भोलिदेखि एमाले र माओवादी केन्द्र औपचारिक रुपमा व्यूँतिन सक्ने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार