एमाले अब दुई टुक्रा हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७७ मंगलबार ०:१८:९
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-3_cKGfpeFuoB.jpg)
२४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एमाले ब्यूँताउने गरी हिजो फैसला दिएपछि नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन लागिपरेका छन् । पूर्व एमाले व्यूँतिएपछि सो पार्टीको अध्यक्ष केपी ओली नै भएकाले प्रतिद्वन्द्वी माधवकुमार नेपाल र झलनाथ खनालहरु आफ्नो पक्षमा बहुमत जुटाउने अभियानमा लागेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग लगभग राजनीतिक सम्बन्ध नै विच्छेद गरिसकेका नेता नेपाल र खनाल प्राविधिक रुपमा उनीसँग रहनुपर्ने अवस्थामा पुगेका छन् । तर हाललाई एमालेमै रहनु परेपनि त्यहाँसमेत आफ्नै बहुमत जुटाउने यो पक्षको दाबी रहेको छ ।
ओलीलाई नेकपाबाट निष्काशन गरेको प्रचण्ड–माधव समूहलाई फेरि बलियो बनाउने र एकीकृत रुपमा अघि बढ्न आफूहरु सक्षम रहेको दाबी उनीहरुको छ । यद्यपि हिजोको फैसलाबाट उत्साहित भएको ओली पक्ष भने अब नाकको चालले आफ्नै वरिपरी आउन बाध्य हुने बताइरहेका छन् । उनले आफ्नो सरकारविरुद्ध उभिने सांसद्हरुलाई ह्विप लगाएर बाध्य पार्ने नत्र सदस्यता नै खारेज गरिदिने तयारी गरेका छन् । तर नेता माधव नेपाल भने आफूहरुको अवस्था ओलीभन्दा सुदृढ रहेको बताइरहेका छन् ।
आज बेलुकी बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकमा नेता नेपालले पूर्व एमाले भित्र केन्द्रीय कमिटीमा ओलीकै हाराहारी सदस्य रहेको फेहरिस्त पेश गरेका थिए । साथै, संसदीय दलमा पनि आफ्नो ४० प्रतिशत माथि मत रहेको बताएका थिए । बैठकमा नेता नेपालले हाललाई एमाले भित्र नै संघर्ष गर्ने र ओलीलाई विस्थापित गरेर प्रचण्डको टिमसँग फेरि एकीकरण गर्ने रणनीति सुनाएका थिए ।
नेता नेपालले ओली पक्षलाई पार्टीबाट बाहिरिन बाध्य पारिने पनि उल्लेख गरेका थिए । उनको भनाई मान्ने हो भने अब पूर्व नेकपा तीन चिरामा विभाजित हुनेछ । पूर्व एमाले दुई फ्याकमा बाँडिने भएपछि एकीकरण पछिको नेकपा पार्टी तीन टुक्रा हुने देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार