सेफ साहः करजन्हादेखि लण्डनसम्मकाे सङ्घर्ष र सफलता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २०:४५:११
![](https://nepalbahas.prixacdn.net/media/albums/santosh-shah_WTVc885N4C.jpg)
२५ फागुन, काठमाडौं । सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिएकाे सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा र? उनी तिनै नेपाली भान्से हुन् जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बने । विश्वभर सेफ आज साहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दैसाह चर्चित बने । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई उँचो बनाउन भूमिका खेले ।
संसारभरका १०१ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि हुन्थ्यो । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिनुभएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुल्एको थियो । चार महिना चार दिन अवधिको सोमा साहले शुरुदेखि अन्तितसम्म निर्णायकको मन जित्न सफल भयो । प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको साहको भनाइ छ ।
विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । विश्व बजारमा नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाउनुभएका साहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउनका लागिपर्ने राससलाई बताए । उनले बेलायतमा छिट्टै रेष्टुरेण्ट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाएको छ । साह भन्छन्, “जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।”
उनले ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताए । देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए ।
साहको सङ्घर्ष
करजन्हाको सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरी सातमध्ये सबैभन्दा कान्छा उनी करजन्हादेखि लण्डनसम्मको सङ्घर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । साहकै भाषामा, “म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन तर अदम्य साहस र निरन्तरताको लगावले मलाई सफलतातिर डो¥यायो ।” उनका केही दाजुभाइमध्ये भारत र अन्य देशमा व्यापारव्यवसायमा संलग्न छन् ।
पाँच वर्षको उमेरमै बुबाको साथ गुमाएका साहले १० वर्षको उमेरदेखि काम गर्न थालेको थियो । सिरहा बजारमा प्लाष्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म अध्ययन गरेका ३५ वर्षीय साह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेष्टुरेण्टमा भाडा माझ्ने काम शुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हाले । कामकै सिलसिलामा पकाउन सिके, अनि अङ्ग्रेजी भाषाको ज्ञान लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उहाँ एक पाँचतारे होटलको सेफ बने ।
सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गर्नुभयो । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले साहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उनी सन् २०१० मा बेलायत जानुभयो र एक रेष्टुरेण्टमा काम गरे । बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उनले काम गरे । दुःख, सङ्घर्ष र सफलताले साहको जीवन बदलिएको छ ।
गुजरातदेखि लण्डनसम्म
साहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गरे । शुरुमा पाँच महिना भाँडा धुने काम गरे, त्यसपछि सेफ बन्ने अवसर पाए । सोही समयमा उनले तन्दुरीको काम सिके । अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर उनलाई मिल्यो । कामका दौरानमै साहले भारतको चेन्नइबाट अङ्ग्रेजी भाषा र कम्प्युटर कोर्स गरे । भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उनलाई जुट्यो । लण्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रुपमा उनले काम गरे । एक वर्षका अवधिमा अरु दुई रेष्टुरेण्ट परिवर्तन गरे । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गरे । हाल उनी ‘सिनामन ग्रुप’ अन्तर्गतको रेष्टुरेण्टमा काम गर्छन् । लण्डनमा साततारे होटलभन्दा रेष्टुरेण्टको सेफको ‘भ्यालु’ हुन्छ ।
साह पाँच भाषामा आफ्नो कामकोे अनुभव समेटी पुस्तक प्रकाशन गर्दै छन् । पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उनले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लण्डनबाटै प्रवचन शुरु गरिने जानकारी दिए । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उहाँनको ठम्याइ छ ।
अन्तिम प्रतिस्पर्धामा भान्से साहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएको थियो । खानासँगै उनले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेको थियो ।
बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ साहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएको छ । “म सिम्पल खाना बनाउँछु, नेपालीहरु अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो”, नेपाली भान्से साहले भने । उनको विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
भूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
असार २१, २०८१ शुक्रबार
ललितपुरबाट ५० लाख नगद र सुन गाल्ने मेसिनसहित शंकास्पद करोबारमा संलग्न ५ जना पक्राउ
असार २१, २०८१ शुक्रबार
बागमती प्रदेशको सरकारबाट एमाले बाहिरिदै
असार २१, २०८१ शुक्रबार
मनसुनजन्य विपद्बाट २८ जनाले ज्यान गुमाए, २५ घाइते
असार २१, २०८१ शुक्रबार
पहिरोले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध
असार २१, २०८१ शुक्रबार
सरकारबाट फिर्ता भएको जानकारी संसद सचिवालयलाई दिएर प्रतिपक्षमा पुग्यो एमाले
असार २१, २०८१ शुक्रबार