मेयर कपः यी खेलाडीले लिए ७ विकेट
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २१:२७:२०
२५ फागुन, काठमाडौं । काठमाडौंमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब तीन विकेटले विजयी भएको छ ।
आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । उसका लागि सुनिल धमलाले ३९ र पवन सराफले अविजित २२ रनको योगदान दिए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा स्पिनर साहब आलम एक्ललै सात विकेट लिए । उनले ९ ओभरमा एक मेडनसहित ४७ रन दिएर सात विकेट लिएका हुन् ।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३०.१ ओभरमा ८७ रनमै अलआउट भयो ।
उसका लागि लोकेश बमले ३२, बिक्रम सोबले १४ र रोहितकुमार पौडेलले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
पुलिस क्लबका सागर ढकाल र पवन सराफले घातक बलिङ गरे । सागरले १० ओभरमा दुई मेडनसहित ४० रन दिएर पाँच र पवनले १० ओभरमा पाँच मेडनसहित १४ रन दिएर तीन विकेट लिए । त्यस्तै, ललित राजवंशीले दुई विकेट हात पारे ।
जारी प्रतियोगितामा पुलिसको यो दोस्रो जित हो । आर्मीको भने यो दोस्रो हार हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार