ओली र दाहाल अध्यक्ष भनी दर्ता रहेको नेकपा खारेज
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:४:४२
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आयोगमा १४५ नम्बरमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतको फैसलालाई आधार मान्दै निर्वाचन आयोगले आजबाट केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष भनी दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) खारेज गरेको हाे।
आयोग पदाधिकारीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै, उक्त नाम भएको पार्टी अध्यक्ष ऋषिराम कट्टेललाई प्रदान गरेको छ । आयोगले सर्वाेच्चकै आदेश बमोजिम फेरि एकीकृत हुने हो भने १५ दिन भित्र निवेदनका साथ आउन एमाले र माओवादी केन्द्रलाई औपचारिक पत्र पठाएको छ ।
फेरि एकीकरण गर्ने भए दुबै दलले केन्द्रीय कमिटीबाट पारित गरेर निवेदन दिनुपर्ने पनि निर्णय गरेकोछ । पत्र दुबै पार्टी अध्यक्षको नाममा काटिएको बुझिएकोछ । साथै, आयोग पदाधिकारी बैठकले यसअघि सन्ध्या तिवारीका नाममा दर्ता नेकपा एमाले र गोपाल किराँतीका नाममा रहेको नेकपा माओवादी केन्द्र खारेज गर्ने निर्णय गरेको छ । उनीहरुलाई पनि १५ दिन भित्र नयाँ नाम दिन पत्र पठाइएको थाहा भएकोछ ।
मिति: २०७७।११।२५
प्रेस विज्ञप्ति
काठमाडौं, फागुन २५ गते।
सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।११।२३ मा भएको आदेश/फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा आज मिति २०७७।११।२५ गते बसेको आयोगको बैठकबाट देहाय बमोजिम निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।
1. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएको हुँदा आयोगमा दर्ता नम्बर १४५ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने र सो दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई गराउने साथै सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको ब्यहोराको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई दिने।
2. आयोगको मिति २०७५।०२।२३ को निर्णयले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल दर्ता भएको नेपाल राजपत्र खण्ड ६८) काठमाण्डौ, जेठ २३ गते, २०७५ साल (अतिरिक्ताङ्क ८ (अ) मा प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
3. सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्था (मिति २०७५।०२।२३ गते भन्दा अगाडिको) मा कायम रहेको हुँदा सो ब्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
4. मिति २०७५।0२।२३ गते अगाडि आयोगमा दल दर्ता नम्बर ३२ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र दल दर्ता नम्बर ३७ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता रहेकोमा आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको आदेशले ती दुई दलहरुबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशले बदर भई ती दुवै राजनीतिक दलहरू अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा मिति २०७५।२।२३ गते पछाडि आयोगमा दल दर्ता नम्बर १५३ मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र दल दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक दुवै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, 2073 को दफा ६(1)(ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 को नियम ९ बमोजिम राजनीतिक दलका रूपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को हकमा नयाँ नाम प्रस्ताव गरी 15(पन्ध्र) दिन भित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष श्री सन्ध्या तिवारीलाई जानकारी गराउने।
5. आयोगको मिति २०७५।0२।२३ को निर्णयानुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल विरूद्ध रिट निवेदक ऋषिराम कट्टेल विपक्षी यस आयोग समेत भएको रिट नं ०७५-wo-०५१७ को उत्प्रेषण परमादेश मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले आयोगको मिति २०७५।0२।२३ को निर्णय र सो निर्णय उपर परेको उजुरी निवेदन सुनुवाई गरी सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५।0७।0९ गतेको निर्णय फैसला समेत उत्प्रेषणको आदेशबाट बदर भएकोले आयोगका यी दुवै निर्णय बदर भए पश्चात निर्वाचन आयोगमा साविकमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अब उप्रान्त अलग अलग राजनीतिक दलका रूपमा एकीकरण हुनु अगाडिको साविककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय, काठमाण्डौ, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने।
6. आयोगको मिति २०७५।0२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, 2074 बिपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।
(राजकुमार श्रेष्ठ)
सहसचिव एवम् प्रवक्ता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार