स्वास्थ्य सेवालाई सुलभ बनाउने अभियानमा गाउँपालिका

नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:१८:३७

२५ फागुन,बलेवा । भूगोलअनुसार स्वास्थ्य संस्था स्थापना गरेको बाग्लुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई सुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीका लागि आवश्यक औषधिको प्रबन्ध टोलटोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो । स्वास्थ्य चौकीमा निःशुल्क पाउने सूचीकृतबाहेक सस्तोमा औषधि उपलब्ध गराउने अभियान गाउँपालिकाले थालेको हो । स्वास्थ्य चौकी तथा एकाइमा औषधि किन्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्यचौकीमा नपाइने औषधि खरीदका लागि बिरामी तथा उनीहरुका आफन्त टाढा रहेका निजी मेडिकल पसलमा जानुपर्ने बाध्यता अन्त्य गर्न अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । बिरामीको सुविधालाई ध्यानमा राखेर अङ्कित मूल्यभन्दा दश प्रतिशत छुटमा औषधि किन्ने सुविधा थप गरेको स्वास्थ्य शाखाप्रमुख पदम पुनले जानकारी दिए ।
औषधि खरीदका लागि गाउँपालिकाले प्रत्येक स्वास्थ्य संस्थालाई पहिलोपटक एक लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । सेवाग्राही बढी भएको तर नजीकमा निजी मेडिकल नभएको क्षेत्रमा यस वर्ष उक्त सेवा थप हुनेछ । पुनका अनुसार बरेङ गाउँपालिकाको सुखौरा, सल्यान स्वास्थ्यचौकी र साग्दी सामुदायिक स्वास्थ्य एकाइमा यस वर्ष औषधि व्यवस्थापन गरिनेछ । सुखौरामा उक्त सेवा शुरु गरिएको छ । अन्य स्वास्थ्य संस्थामा क्रमशः सेवा थप गर्दै जाने उनले बताए ।
स्वास्थ्य चौकीमा प्राप्त हुने ३८ प्रकारका औषधिबाहेक अन्य खरीद गर्नु परे स्वास्थ्य संस्थाले नै सस्तो मूल्यमा औषधि बिक्री गर्ने व्यवस्था छ । जसका कारण बिरामीलाई राहत हुने गाउँपालिकाको विश्वास छ । उक्त औषधि बिक्रीको छुट्टै आम्दानी खाताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाप्रमुख पुनको भनाइ छ ।
सल्यान र बाटाकाचौरको उपल्लो क्षेत्रका नागरिकलाई लक्षित गरी साग्दी सामुदायिक स्वास्थ्य एकाइमा नमूनाका रुपमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरिने पुनको भनाइ छ । यसअघि गाउँपालिकाले धुल्लुबाँस्कोटको लुगरुङ र गंडेल, हुग्दिसिरको बराहकोट, बाटाकाचौरको साग्दी, सल्यानको थप्लुङमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार