ओली अल्पमतमा परेपछि सत्ता टिकाउन जसपासँग नजिकिने प्रयास
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २३:१५:४४
२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली अल्पमतमा परेपछि सत्ता टिकाउन जनता समाजवादी पार्टीसँग नजिकिने प्रयास गरेका छन् । ओलीले जनता समाजवादी पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन गर्न भन्दै छलफलका लागि नेताहरू खटाएका छन् ।
गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन राष्ट्रिय जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइ, जसपाले उठाएको नागरिकताको मुद्दा र जलेश्वर घटनाका सम्बन्धमा छलफल भएको थियो । दुई जनाबीचको छलफलले यी विषय टुंग्याउन दुवै पक्षका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको थियो ।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई छलफलको जिम्मेवारी दिएका थिए । ठाकुरले पार्टीका नेताद्वय शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएका थिए । दुवै पक्षका वार्ता टोलीबीच सोमबार यी विषय कसरी सल्टाउने भन्ने विषयमा छलफल भएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार