घरघरमै खानेपानीको धारा आएपछि स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २३:३९:५७
२५ फागुन,किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफूवासीलाई खानेपानीका धारा हस्तान्तरण गरिएको छ । दातृ संस्थाको सहयोगमा ६३ खानेपानी धारा हस्तान्तरण गरिएको हो ।
घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासी खुशी भएका छन् । सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी स्थानीयवासीलाई गत शनिबार हस्तान्तरण गरिएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोखार्ज पोखरा र स्थानीय उपभोक्ताको ६० लाख ९३ हजार २२२ रुपियाँ ८७ पैसाको कूल लागतमा खानेपानी निर्माण भएको हो । सिलिचोङ गाउँपालिका–५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ घरमा खानेपानी धारा पुगेको छ ।
कादुरीले ४९ लाख ६८ हजार ७२२ रुपैयाँ ८७ पैसा र उपभोक्ताको ११ लाख २४ हजार ५०० बराबरको श्रमदानबाट यो आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज पोखरा खानेपानी आयोजना २०७६ मङ्सिर ११ गतेबाट काम शुरु गरेको थियो । घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्न जानुपर्ने बाध्यता हटेको याफुका स्थानीयवासी खेगेन्द्र राईले जानकारी दिए ।
सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई परियोजना प्रबन्धक देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गरेका हुन् । खानेपानी योजनामा दुई वटा इन्टेक, कलेक्सन च्याम्बर दुई वटा, रिजर्भ ट्याङ्की चारवटा, डिष्ट्रियुसन च्याम्बर एक मिटर जडित धारा ५९ वटा र चार हजार ८८२ मिटर लम्बाइमा पाइप लाइन रहेको छ । उनन्साठी घर उपभोक्ता धारा, बरुण माविमा दुई धारा, कृषि सहकारीमा एक धारा र सामुदायिक वनको भवनमा एक धारा गरी जम्मा ६३ धारा निर्माण गरी हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार