विशेष अदालतमा ठेकेदार भेटवालसहित ११० जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन २५, २०७७ बुधबार २:२३:४४
२५ फागुन, काठमडौं । ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर गरेको हो ।
विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको छ ।
अख्यितारका अनुसार भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेको हो ।
पक्राउ परेकाविरुद्ध यस्ता छन् अख्तियारको ११ आरोपपत्र
१. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो रु. २,०१,९४,५५६.३९ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
२. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो ३,८७,९४,७२४.५४ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
३. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १३ जना उपर बिगो २,१५,२५,५६४.३४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
४. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो ४,६३,६८,२५४.७४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
५. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो ४,३५,९८,५६६.५८ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
६.साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो २,९७,९१,८९७.४७ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
७. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १७ जना उपर बिगो १७५६७८९४.४२ रुपैयाकायम गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
८. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १५ जना उपर बिगो ११११५८७७१.५४ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
९. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १४ जना उपर बिगो १४५०१०८३.०६ रुपैयाकायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
१०. साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो ५,८७३२९१२.२६ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
११. साविक रोयल मर्चेन्ट बैंकिग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत ११ जना उपर बिगो ११,५४,७०८.५९ रुपैया कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार