नेपाल टेलिकमसहित यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:११:५६
२६ फागुन, काठमाडौं । आज बुधबार नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम सबैको लघुवित्त, नेपाल दूरसञ्चार, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्तका शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
यसमध्ये पहिलो ३ कम्पनीहरुले फागुन २८ गते बुकक्लोज गर्दैछन् भने बाँकी २ कम्पनीले चैत १ गते बुकक्लोज गर्दैछन्। फागुन २७ गते महाशिवरात्री, २८ गते शुक्रबार र २९ गते शनिबार बजार बन्द रहने हुनाले यी ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।
सबैको लघुवित्तले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, नेपाल दूरसञ्चारले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ।
स्वाबलम्बन लघुवित्तले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९।००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ। त्यस्तै, सिर्जना फाइनान्स ले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ।
चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार