सम्झौता अघिनै सकियो खानोपानी आयोजनाको काम

नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:५०:१८

२६ फागुन,भरतपुर । भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको काम निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको छ । सो आयोजनाको मङ्गलबार भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छिन् ।
नेपाल सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेतको संयुक्त लगानीमा निर्मित खानेपानी आयोजनाको निर्माणको जिम्मा शर्मा सगरमाथा भीमेश्वर जेभीले लिएको थियो । दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।
यस आयोजना निर्माणका लागि रु २१ करोड ७७ लाख लागत अनुमान भएकामा निर्माण व्यवसायीले रु १२ करोड ७७ लाखमा ठेक्का लिएर काम शुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनले बताए । आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाइप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उहाँको भनाइ छ । सडक र नाला विस्तारका क्रममा खानेपानीको पाइप काटिने कारणले मर्मतसम्भारमा समस्या भएको दाहालको भनाइ छ ।
भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी आपूर्ति गर्न १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित विसं २०७४ जेठ २१ गते आयोजनाको निर्माण सम्झौता भएको थियो । सो अवसरमा भरतपुर महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीसहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गरेका थिए । कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भइरहेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार