बादललाई एमाले उपाध्यक्षको जिम्मेवारी !
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २२:०:२३
२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको छ। यस्तो अवस्थामा तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेका छन्।
ओलीले माओवादी केन्द्रका नेताहरूलाई नेकपा ‘एमाले’ मा सम्मानजनक स्थान दिने तयारी थालेका हुन् । सोही अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।
बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीसहितका नेताहरुलाई एमालेमै राख्ने गरी ओलीले तयारी गरेका छन् । जसअनुसार बादललाई उपाध्यक्षको जिम्मेवारी दिन लागिएको हो । काठमाडौंमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्या भण्डारी अहिले राष्ट्रपति भएकी छन् । विद्या राष्ट्रपति भएपछि रिक्त उक्त स्थानमा बादललाई लाने तयारी गरिएको हो ।
माओवादी केन्द्रका सांसदहरू पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका थिए । उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन् । अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छन् ।
नेकपा एमालेको विधानमा अन्य पार्टीबाट आउनेका लागि २० प्रतिशतसम्म केन्द्रीय सदस्य बनाउने व्यवस्था छ । त्यही अनुसार नै अहिले माओवादी केन्द्रका नेता तान्ने रणनीति एमालेले अख्तियार गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार