विभिन्न कार्यक्रम गर्दै सेञ्चुरी बैंकको दशौं वार्षिकोत्सव सम्पन्न
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २३:५:३९
२६ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको छ ।
दशौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गरे ।
बैंकले दोहारो अंकको आर्थिक वृद्धि हाँसिल गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखेका थिए । सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ ।
दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन गरे । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए ।
बैंकले वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडाैं र बनेपा धुलिखेल शाखा मार्फत उज्यालो महिला समाज बनेपालाई एक–एक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ । त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ ।
चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत श्री पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ । टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार