नेपाल समूहले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिने
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बिहिबार १:२४:३२
२६ फागुन, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुसंख्यक केन्द्रीय सदस्यले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधबार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलामा सहभागी बहुसंख्यक नेताले वाम गठबन्धनकै सरकारलाई टिकाउनुपर्ने सुझाब दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।
नेता रघुजी पन्तले संसद् विघटनपछि भएका कुराहरु बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन् । यता नेकपा एमालेका वरिष्ठ नेता नेपालले पार्टी र सरकारबारे विस्तृत छलफल गर्ने बताएका छन् । नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टीसँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रूपमा छलफल गर्ने बताएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो। एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।
प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार