चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बिहिबार २:२८:३६
२६ फागुन, कास्की । पोखरामा गत फागुन १७ गतेदेखि सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारासहित केएन स्पोर्टस प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।
जीतका लागि चितवनले दिएको ७३ रनको सामान्य लक्ष्य जनकपुरले १५ ओभरको पाँचौँ बलमा पाँच विकेटको क्षतिमा भेट्टाएर उपाधिसहित ट्रफी तथा नगद रु ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो । टस जितेर शुरुआतमा ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा जम्मा ७२ रनमात्र जोड्न सफल भयो ।
चितवनका रोविन शर्माले १५ तथा सङ्घर्ष पौडेलले १२ रनको पारी खेल्नु भए पनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । जनकपुरका बलर रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान दुई-दुई विकेट लिएका थिए । टोलीलाई जीत दिलाउने क्रममा जनकपुरका अक्वर अलिले अविजित रहँदै महत्वपूर्ण ३२ रनको योगदान दिए । यसैगरी शोभाकान्त पाण्डेले १५ रन बनाए । चितवनका सङ्घर्ष पौडेलले सर्वाधिक तीन विकेट लिए ।
प्रतियोगितामा जनकपुरका राहुल प्रतापसिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट ब्याट्सम्यान घोषित हुनु भई मेडल पुरस्कार प्राप्त गरे। विजेता टोली र विभिन्न विधाका उत्कृष्ट हुन सफल खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गरेका थिए ।
कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेल गतिविधिलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयास देशका विभिन्न जिल्लाका क्रिकेट क्लबका बीच प्रतियोगिता आयोजना गरिएको र क्रिकेट खेल विकासमा योगदान पुगेको प्रतियोगिता संयोजक कमल थापाले बताए । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा खेलाइएको प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने चार टोलीका बीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार