प्रतियोगिताका माध्यमबाट कर्मचारीलाई स्थायित्व गर्न विधेयक प्रस्ताव
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १६:१८:३१
२७ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको छ ।
कामपाको बुधबार बसेको अधिवेशनले उक्त विधेयक प्रस्ताव गरेको हो । काठमाडौँ बैठकमा कामपामा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई सुझावसहित स्वीकृत गरेको हो । स्वीकृत विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकास हुँदाका सर्त तथा सुविधालगायतका व्यवस्था छन् । विधेयकमा समूह, सेवा परिवर्तन, पदीय आचरण, कर्मचारीले प्राप्त गर्ने सुविधा, सुरक्षा, पुरस्कार, दण्ड सजायसम्बन्धी व्यवस्था, पीरमर्का सुनुवाइ, पुनरावेदनलगायत व्यवस्था गरिएको छ । उक्त विधेयक यही फागुन २४ गते बसेको अधिवेशनको दोस्रो बैठकमा पेश गरिएको थियो । स्वीकृत ऐनबमोजिम महानगरमा अब प्रशासन, प्राविधिक र विविध गरी तीन समूह हुनेछन् ।
यसैगरी सभामा दुई हजार २७२ जनशक्ति रहने दरबन्दी प्रस्ताव गरिएको थियो । यसअघि दुई हजार २५८ को दरबन्दी थियो । वडामा अधिकतम १५ र न्यूनतम नौ कर्मचारीको दरबन्दी प्रस्ताव थियो । यो ठूलो, मझौला र सानो वडाका आधारमा तय गरिएको हो ।
यही फागुन ४ गते शुरु भएको अधिवेशनको पहिलो बैठकले ‘समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ स्वीकृत गरेको थियो । यो ऐनका आधारमा महानगरका एक हजार ५५० कर्मचारीले एक तह माथिल्लो पदमा समायोजन पत्र पाएका छन् । बैठकमा प्रस्तावित विषयमा उठेका प्रश्नको उपप्रमुख हरिप्रभा खड्गी र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जवाफ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार