पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १७:१:२५
२७ फागुन,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।
पर्यटन मन्त्रालयबाट प्राप्त रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । जमिनको सतहसँग मिल्ने गरी बनाइएको आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । “झरी र हिउँ पर्दा सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने व्यवस्था मिलाउन भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाएका हौँ”, अध्यक्ष पुनले भने, “आश्रयस्थलमा बस्दा बाहिरको तुलनामा न्यानो पनि हुन्छ ।”
आश्रयस्थलको कोठाको बाहिरी भागमा सिसा राखिएको छ । सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि आश्रयस्थल बनाइएको हो । आश्रयस्थलको एउटा कोठामा चिया पसल सञ्चालन गर्ने योजना छ । अहिले पुनहिल टावर नजिकै टहरामा चिया पसल सञ्चालन भएको छ । चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्र«े, मनास्लु, गुर्जा, पुथा, चुरेनलगायत २० हिमाल र सूर्योदयको अवलोकन गर्न सकिन्छ ।
पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य गन्तव्य पनि हो । वन्यजन्तु, पक्षी र १६ प्रजातिको लालीगुराँसको अवलोकन गर्न सकिन्छ । यसैगरी घोरेपानीदेखि पुनहिल जाने पदमार्गलाई रातको समयमा पनि उज्यालो बनाउन सौर्य बत्ती जडान भएको छ । प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटले २३ थान सोलार बत्ती जडान गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए । “घोरेपानीदेखि पुनहिल जाने पदमार्गमा चौबिसै घण्टा उज्यालो हुने गरी स्वचालित सोलार बत्ती राखिएको छ”, उनले भने, “सूर्यको प्रकाशले चार्ज हुने सोलार बत्ती रातिको समयमा आफैँ बल्ने बनाएका छौँ ।”
घोरेपानीमा बास बसेका पर्यटक एकाबिहानै सूर्योदय अवलोकन गर्न पुनहिल जाने गर्छन् । यसअघि अँध्यारोमा टर्च लाइट बालेर जाने गर्दथे । घोरेपानीदेखि पुनहिल पुग्न करिब ४५ मिनेट उकालो हिँड्नुपर्छ ।
यसअघि घोरेपानी होटल व्यवस्थापन समितिले पुनहिलसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाएको थियो । घोरेपानी र पुनहिल भित्रिने मुख्य नाकामा चार वटा प्रवेशद्वार बनाइएको छ । यसैगरी घोरेपानीको नजिकै रहेको अर्को पर्यटकीयस्थल मोहरेडाँडामा सामुदायिक लज निर्माण भएको छ । रु २५ लाखको लागतमा दुई तले भवन बनाइएको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।
तल्लो तलामा लज र माथिल्लो तलामा डाइनिङ हल बनाइएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाबाट पनि हिमाल, सूर्योदय, लालीगुराँसको जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार