अमेरिकी पप गायिका गोमेजले संगीतबाट अवकाश लिदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १८:१:१
![](https://nepalbahas.prixacdn.net/media/albums/selena-gomez_4D6VsSIszn.jpg)
२७ फागुन, एजेन्सी । अमेरिकी पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएकी छिन्। भोग म्यागजिनसँगको अन्तर्वार्तामा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने कुरा व्यक्त गरेको हलिउड लाइफले लेखेको छ।
‘जब मानिसहरूले मेरा गीतलाई गम्भीर रूपमा लिदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘यस्ता समयहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, आखिर योबाट मैले के पाएँ जस्ता कुरा मनमा प्रश्न उठ्थ्यो।’
सेलेनाले आफ्नो संगीत करियर डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर सुरू गरेकी थिइन्। उनले तीस भन्दा बढी गीत रिलिज गरिसकेकी छिन्।
अहिले उनी विश्वकै सम्मानित गायिकाको सूचीमध्ये पर्छिन् तर पनि गायन क्षेत्र आफ्नो लागि नभएको कारण उनले बताएकी छन् ।
सन् २०२० मा रिलिज भएको उनको गीत ‘लुज यू टु लभ मी’ पछि सेलेनालाई आफ्नो करियर प्रति प्रश्न उठेको उनले बताएकी छिन्।
उनका अनुसार ‘लुज यू टु लभ मी’ उनलाई अहिलेसम्मकै मन परेको गीत थियो तर त्यसले उनका फ्यानहरूका अपेक्षा मेटेको थिएन। केही गीत उनको पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि अनुमान लगाइन्छ तर सेलेनाले यो कुरा अस्वीकार गरेकी छिन्।
‘कयौँ मानिसले मेरा गीत मन पराउँछन् र म त्यसको लागि आभारी छु,’ उनले भनेकी छिन्, ‘अबका गीतहरू भने फरक तरिकाले बनाउने सोच गरिरहेको छु। संगीतबाट अवकाश लिनुअघि अन्तिम पटक नयाँ प्रयास गर्न मन छ।’
अवकाश लिने विषयमा सेलेनाले खुलेर नबोले पनि धेरैले उनी संगीत क्षेत्रबाट बिस्तारै टाढा हुन सक्ने अनुमान लगाएका छन्। हाल सेलेना टेलिभिजन सिरिज ‘वान्ली मर्डर्स इन द बिलडिङ’को सुटिङमा व्यस्त छिन्। उनी यस सिरिजमा कार्यकारी निर्माताको रूपमा काम गरिरहेकी छिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार