अमिताभ बच्चन एफआइएएफ अवार्डद्वारा सम्मानित हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १८:४:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/amitab_E1GZAB9z0w.jpg)
२७ फागुन, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्स ९एफआइएएफ० द्वारा सम्मानित हुँदैछन्। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो भारतीय कलाकार हुनेछन्।
फिल्म क्षेत्रप्रतिको समर्पण र फिल्म विरासतको संरक्षणमा दिएको योगदानका लागि अमिताभलाई एफआइएएफ अवार्डबाट सम्मान गर्न लागेको हो। हलिउड फिल्म निर्माताहरू र एफआइएएफ पुरस्कारका अघिल्ला प्राप्तकर्ताहरू, मार्टिन स्कोर्सेज र क्रिस्टोफर नोलनले यही मार्च १९ तारिखमा अमिताभलाई पुरस्कार प्रदान गर्नेछन्।
कार्यक्रम भर्चुअलमा आयोजना हुँदैछ। एफआइएएफ एक विश्वव्यापी संगठन हो जसले विश्वभरको फिल्म अभिलेख र संग्रहालयहरू समावेश गर्दै आएको छ। ‘यस वर्षको एफआइएएफले आफ्नो पुरस्कारको बीसौं वार्षिकोत्सव मनाउँदैछ। यो अवसर महत्वपुर्ण बनाउन संसारको सबैभन्दा ठूलो फिल्म स्टारभन्दा राम्रो प्राप्तकर्ता अरू कोही हुन सक्दैन। जसले फिल्म संरक्षणको महत्व बुझेको छ, त्यसलाई अँगालेको छ। र यसबारे प्रचार गरेको वर्षौं भइसक्यो,’ एफआइएएफका अध्यक्ष फ्रेडरिक मैरेले जारीद्वारा विज्ञप्तिमा भनिएको छ।
अमिताभलाई एफआइएएफ अन्तर्गतको फिल्म हेरिटेज फाउन्डेसनद्वारा मनोनयन गरिएको थियो। जी न्युजका अनुसार एफआइएएफ अवार्डबाट सम्मानित हुन पाउदा अमिताभले खुशी व्यक्त गरेका छन्, ‘एफआइएएफ २०२१ को अवार्ड पाउने खबरमा निकै सम्मानित महशुस गर्दैछु। हामीले फिल्म निर्माण जति आवश्यक हुन्छ त्यति नै फिल्म संग्रह गर्नु पनि महत्वपुर्ण हुन्छ भन्ने बुझ्नुपर्छ।’
७८ वर्षिय अमिताभ सन् २०१५ सालमा फिल्म हेरिटेज फाउन्डेसनको एम्बेसेडर भएका थिए। त्यो बेला उनले फिल्म संरक्षणको महत्वबारे बुझेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार