झापा कारागारको नयाँ भवन बनाउन शुरु
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १८:१५:५१
२७ फागुन,झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरेका छन् ।
हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १८४ कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन् कारागार ३५० जनासम्मका लागि हो ।
कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको रु ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताए । चालु आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताए ।
पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो । “बजेट चाहिँ प्रशासनिक भवनका लागि आएको हो,” प्रजिअ तिम्सिनाले भने, “तर बडो दुःखकष्टका साथ बसिरहेका कैदीबन्दीको अवस्था बुझेर मानवीय हिसाबले नै बजेट संशोधन गरी कैदीबन्दी बस्ने भवन बनाउन शुरु गरिएको हो ।” झापा कारागारलाई तीन किलोमिटर पश्चिममा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको १० बिघा जग्गामा भविष्यमा स्थानान्तरण गर्न सरकारले तयारी गरिरहेको छ । कारागारभित्रै आयोजना गरिएको शिलान्यास कार्यक्रममा कैदीबन्दीको समेत उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार