ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने मनस्थितिमा माओवादी केन्द्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १९:३९:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/maoist-kamred-prachanda_FvRUsCLblK.jpg)
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ । समर्थन फिर्ता लिदाँ सरकारको नेतृत्व कम्युनिष्ट दल भन्दा बाहिर जान सक्ने र आफ्नो दलले नेतृत्व गरेका प्रदेश सरकारहरु समेत अल्पमतमा पर्ने भन्दै तत्काल ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने मनस्थितिमा माओवादी केन्द्र पुगेको हो ।
माओवादीले केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनसाथ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्व सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने देखिन्छ । एमालेले समर्थन फिर्ता लिनसाथ ती दुई प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गुमाउनु पर्ने हुन्छ ।
थप गृहकार्य विना सरकारलाई दिएको समर्थन फिर्ता लिदाँ प्रदेशहरुमा अस्थिरता सृजना हुने मात्र नभइ संघ र प्रदेशहरुमा पनि सरकारको नेतृत्व बामपन्थीबाट बाहिर जाने खतरा रहेको भन्दै अझै केही समय ओली सरकारलाई दिएको समर्थन कायमै राख्ने निश्कर्षमा माओवादी केन्द्र पुगेको हो ।
माओवादी नेता बर्षमान पुनका अनुसार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि माओवादी केन्द्रले आफ्नो दलको सदस्य एव सांसद भइ वर्तमान मन्त्री परिषद्मा रहेका मन्त्रीहरु रामबहादुर थापा , टोपबहादुर रायमाझी र प्रभु साह लगायत मन्त्रीहरुलाई फिर्ता आउन पत्र पठाउने तयारी गरेको छ ।
“सवैभन्दा पहिला त हामी हामी हाम्रा पार्टीका नेता जो सरकारमा मन्त्री रहनु भएको छ उहाँहरुलाई फिर्ता बोलाउछौ । त्यसै अनुसार समग्र राजनीतिक परिस्थति हेरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छौ तर लामो समयसम्म सधै समर्थन गरिरहने अवस्था चाँहि आउँदैन”, नेता पुनले भने ।
सरकारलाई दिएको समर्थन के गर्ने ? र सत्तासमिकरण लगायता विषयमा थप छलफल गर्न माओवादी केन्द्रले यही फागुन २९ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखिरहँदा उता एमालेको माधव नेपाल र झलनाथ खनाल नेतृत्व पक्षले गैर वामपन्थी दलमा सरकारको नेतृत्व जान नदिने गरी संवाद अघि बढाउनुपर्ने प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार