एनएमबिको क्युआर कोडमार्फत गभर्नर अधिकारीले खरिद गरे कागती
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १८:१:१०
२८ फागुन, विराटनगर । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नगद कारोवार कम भन्दा कम प्रयोग गर्न आह्वान गदै QR CODE प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सब्जी फलफूल तथा गुद्री बजार, विराटनगरमा QR CODE मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा अतिथि गणहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिपकुमार मुरारका, बिराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रुं १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । सो कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राखेका थिए भने बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।
उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा QR CODE मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।
“वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार