दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार २०:५१:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/prasaran-line_l1bLPnNVCM.jpg)
२८ फागुन, दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ ।
जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेको छ । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले विद्युत् उत्पादनको थालनी भइरहेको छ ।
शैल्यशिखर नगरपालिका–१ बलाँचमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले चार वर्षअघिबाट विद्युत् उत्पादन शुरु गरिसकेको छ । चमेलिया जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण, सिजीजिसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण गरेको हो ।
सन् २००७ देखि निर्माण शुरु गरिएको यस आयोजनाको शुरुमा रु आठ अर्बको लागत अनुमान गरिएको भए पनि झण्डै रु १५ अर्ब ६० करोडमा आयोजना निर्माण भएको हो । यो विद्युतबाट अहिले सुदूरपश्चिम उज्यालो बनेको छ । नौगाड गाउँपालिकामा आठ मेघावाट क्षमताको अपर नौगाड र ८.५ मेघावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको छ । नौगाड खोलामा उत्पादन भएको विद्युत्लाई चमेलिया जलविद्युत् आयोजनाको शव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा विद्युत् जडान गरिएको छ ।
निजी क्षेत्रको अपि पावर कम्पनीले यी दुवै जलविद्युत् निर्धारित समयमै निर्माण सकेको हो । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको आयोजनाले गत वर्षबाट विद्युत् उत्पादन शुरु गरेको हो । मार्मा गाउँपालिका–२ घट्टेगाडमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेघावाटको अपर चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।
अपि हाइड्रो प्रालिले निर्माण गर्न लागेको यस आयोजनाको चार महिनाअघिबाट काम शुरु गरिएको हो । अहिले आयोजनास्थलमा निर्माणको काम तीव्र गतिमा भइरहेको अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताए । “अहिले सबै काम चलिरहेको छ”, उनले भने, “निर्धारित समयमै काम सक्ने योजना छ ।”
बीस महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाले अहिले काम गरिरहेको छ । आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ । अपि पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको जलविद्युत यो तेस्रो हो । दुई सय पाँच मिटर हेड ९उचाइ० रहेको आयोजनाका लागि ३।२ मिटर ब्यास (डायमिटर) को करीब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सवस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । यस्तै अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड हाइड्रो निर्माणाधीन छ । दुई वर्षभित्रै निर्माण सक्ने गरी अहिले आयोजनाको काम चलिरहेको छ ।
जिल्लामा १३।९४ मेघावाट क्षमताको क्षतिगाड जलविद्युत् आयोजना, ३५ मेघावाटको मध्यचमेलिया जलविद्युत् आयोजना पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् । यस्तै यही खोला र आसपासका खोलाबाट विद्युत् निकाल्ने गरी कयौँ परियोजनाले डिपिआर तयार गरी निर्माणका लागि इजाजत लिने प्रक्रियामा रहेका छन् ।
यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश, स्थानीयको सहभागितामा अपिहिमाल गाउँपालिकाको वडा नं ३ छति र वडा नम्बर ६ मज्जे खोलामा १०० किलोवाट क्षमताको विद्युत् निर्माणाधीन छ । क्षतिगाडमा निकस्ने विद्युत् नयाँ वर्षसम्म बाल्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल बताउँछन् । विकट क्षेत्रमा निकै मेहनताका साथ काम भइरहेको छ । अपि उज्यालो बनाउने अभियानअन्तर्गत यो विद्युत् निर्धारित समयमै सम्पन्न गर्ने गरी काम हुँदैछ ।
यस्तै अपिहिमाल–३ कै काटैमा १० किलोवाट क्षमताको विद्युत् गृह निर्माण हुँदैछ । मार्मा गाउँपालिकाको वडा नं २ घट्टेगाडमा २४ किलोवाट क्षमताको लघु जलविद्युत् निर्माणको अन्तिम चरणमा छ । विद्युत्को सफल परीक्षण भएको छ । निर्माणको काम थोरै बाँकी रहेको निर्माण समितिका अध्यक्ष कृष्णसिंह विष्टले बताए ।
यसअघि जिल्लामा गरिबी निवारण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा लघु जलविद्युत् उत्पादनको काम भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्करमा समेत गरिबी निवारण कोषमार्फत विद्युत् निर्माण गरिएको छ । कालापानी नजिकैका गाउँमा हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेर विद्युत् निर्माण गरिएको हो ।
जिल्लामा गरिबी निवारण कोषको सहयोगमा विगतमा ४८ वटा साना लघु जलविद्युत् निर्माण गरिएको छ भने पाँच हजार ९६३ घरधुरीमा विद्युत्को पहुँच पुगेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
बागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर नयाँ पर्यटकीय गन्तव्य बन्दै
असार २४, २०८१ सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
असार २४, २०८१ सोमबार
गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय
असार २४, २०८१ सोमबार
विमानस्थलको अनियमितता अनुगमन गर्न पोखरा पुग्यो संसदीय उपसमिति
असार २४, २०८१ सोमबार
सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर, तोलाको कति ?
असार २४, २०८१ सोमबार