ओलीले एकलौटी निर्णय गरेपछि नेपाल पक्षले बाेलायाे स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार ०:५२:४२
२८ फागुन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
शुक्रबार नेपाल समूहलाई बैठकमा नै नबोलाई ओलीले पार्टीका विभिन्न पदाधिकारी, स्थायी कमिटी, प्रदेश कमिटी हेरफेर गरेका छन् । ओलीले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर आफ्नो पक्षका नेतालाई चयन गरेका छन् ।
नेपाल पक्षका एक नेताका अनुसार बानेश्वरस्थित अर्याल होटलमा स्थायी कमिटी बैठक बस्ने तयारी छ । उक्त बैठकले अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयविरुद्ध कसरी अघि बढ्ने धारणा तय गर्ने बताइएको छ ।
ओलीले एकलौटी पूर्वमाओवादीका २३ नेतालाई स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा मनोनयन गरे, त्यस्तै पार्टीको प्रवक्ता प्रदीप ज्ञवालीलाई बनाए, पार्टीको महाधिवेशन आगामी मंसिर २ गते गर्ने, अध्यक्ष र महासचिवबाहेक पार्टी पदाधिकारी खारेज गर्ने जस्ता निर्णय ओलीले एकलौटी ढंगबाट गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार