कांग्रेस र जसपा मिलेर सँगै जाने समझदारी
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार १:९:४०
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच पछिल्लो विकसित राजनीतिमा मिलेर सँगै जाने समझदारी बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराए ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी गराए । आफ्नो पार्टीका साथीहरु जेलमा रहेको र उनीहरु छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्नेलगायत विषयमा कुरा राखेको उनले बताए। बैठकमा कांग्रेस नेतृत्वले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा वर्तमान राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने र त्यसका लागि कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जसपा एक ठाउँमा उभिने परिस्थिति निर्माण हुनुपर्ने धारणा आएको जानकारी दिए ।
बैठकमा अहिलेको सन्दर्भमा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत प्रकट भए पनि ठोस रुपमा कुनै निर्णयमा पुगिनसकेको बताउँदै प्रवक्ता शर्माले प्रतिनिधिसभा पुनः स्थापनापछिको राष्ट्रिय राजनीतिलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने विषयमा छलफल भएको बताए ।
जसपा नेतृत्वसँगको भेटवार्ता अघि आजै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेको थियो । सभापति देउवा निवासमै भएको बैठकमा खुला रुपमा संवाद गरी निष्कर्षमा पुगेर राष्ट्रिय राजनीतिलाई कांग्रेसको अग्रसरतामा लिएर जानुपर्ने विषयमा नेताहरुले धारणा राखे ।
गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को गठन अमान्य हुने फैसला गरेपछि दलहरुबीच राष्ट्रिय राजनीतिक विषयमा द्विपक्षीय एवं बहुपक्षीय रुपमा छलफल हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार