प्रणालीमा नचल्दा सहकारी संस्था समस्याग्रस्त
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शनिबार २:१५:५३
२८ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले प्रणालीमा नचल्दा सहकारी संस्थाहरु समस्याग्रस्त हुने गरेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज ‘सीजेएन’ र सहकारी विभागको संयुक्त आयोजनामा आजदेखि शुरु भएको सञ्चारकर्मी अभिमूखीकरण कार्यक्रममा उनले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पु¥याएको यस क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
नयाँ सहकारी ऐनपछि उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिँदै गएको उनको भनाइ छ । देशभरका ५०० भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उनले बताए । सहकारी विभागको पछिल्लो तथ्याङ्कअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरिए पनि एक लाखभन्दा बढीले रोजगारी पाएको हुनसक्ने अध्यक्ष कँडेलको भनाइ छ ।
सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उनको भनाइ छ । ऐनले उत्पादन, बजारीकरणलगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको उल्लेख गरे। अध्यक्ष कँडेलले सहकारीले विशिष्टकृत सहकारी संघमार्फत कृषि, आवासलगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी संघ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए ।
दुई दिनसम्म सञ्चालन हुने तालीममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता र न्यू मिडियामा वसन्त बस्नेत, मेमोरी पावर र मोटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिनु हुनेछ । समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा शुरु भएको तालीम शनिबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार