घरैमै आगो लगाएपछि खरानीको के दुःख महाराज !
नेपालबहस संवाददाता
फागुन २९, २०७७ शनिबार १६:४७:३९
२९ फागुन,काठमाडौं । जंगल रिर्सोटको कफी सपमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरु बारे चर्चा भइरहेको थियो । आज-भोली प्रधानमन्त्री ओलीलाई के भइरहेको छ ? लोकतन्त्रिक विधि, पद्तिलाई किन यति धेरै वेवास्ता गर्छन ? मेरो प्रश्न भुइमा झर्न नपाउँदै जवाफ आयो । केपी ओलीलाई नि कँही कानून लाग्छ ! किन नलाग्ने भनेर सवाल- जवाफमा उत्रिन मन थियो तर उत्रिन सक्ने अवस्थामा देखिन् । उनले २ महिना अघि मात्र संविधानमै हुँदै नभएको ब्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गरेको सम्झिए ।
अदालतले उनको उक्त कार्य असंवैधानिक ठहर गर्यो। यदि उनलाई कानून लाग्थ्यो भने उक्त असंवैधानिक कदम चालेवापत उनले आफुलाई आफैलाई दण्डित गरेको अवस्था हुन्थ्यो । सायद प्रधानमन्त्री पदबाट राजीनामा दिन्थे होला । राजनीतिक नैतिकता देखाउँथे । ठिक हो । केपी ओलीलाई पनि कँही कानून लाग्छ !
हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेको डे वन बाटै संविधान वेवास्ता गर्दै आएका हुन । हाम्रो संविधानले संसदका सदस्यहरुलाई शपथ लिनुपर्ने ब्यवस्था गरेको छ तर ओली सांसद पदको शपथ नै नलिइ शितलनिवासमा एकैपटक प्रधामन्त्री पदको शपथ लिए । डे वानबाट शुरु भएको संविधान, कानुन, विधि विधान नमान्ने गतिविधि प्रधानमन्त्रीले एकपछि अर्को गर्दै अगाडि बढाए । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि आफु संविधानको धारा ७६ (१) अनुसारको प्रधानमन्त्री बने तर त्यही संसदमा दुई दलको एकिकरणपछि पनि प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवै नेकपाबाट राखी राखे ।
जब कि संविधानले सभामुख र उपसभामुख फरक- फरक पार्टी र फरक लिङ्गको हुनु पर्ने ब्यवस्था गरेको छ । अहिले आएर संविधान, विधि पद्तिका निकै चर्को कुरा गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको चस्माले पनि त्यतिबेला उनका ती कार्यहरु संवैधानिक नै देख्यो । जब राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने प्रयास गरे र संवैधानिक सर्वोच्वताको विपरित हुने गरी संवैधानिक आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ओलीले ल्याए , संसद विघटन गरे तब मात्र प्रचण्ड नेपालको चस्मामा ओलीको कार्य पुरै असंवैधानिक र अलोकतान्त्रिक देख्यो।
पछिल्लो पटक अदालतको आदेशबाट पुन: स्थापित एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा पुगेता पनि ओलीको अलोकतान्त्रिक सनक अझै रोकिएको छैन । हिजोका दिनमा प्रचण्डलाई साथ दिएका र अदालतको निर्णयबाट साविकै एमाले नेता कायम रहेका नेपाल – खनाल पक्षका विरुद्ध पार्टी अध्यक्ष ओलीले फेरी अर्को अलोकतान्त्रिक फायर खोले ।
नेपाल -खनाल पक्षले तत्काल पार्टी कमिटीको बैठक बोलाउन माग गरिरहँदा प्रधामन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आफु निकट नेताहरुको मात्र बैठक बोलाइ अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरे । माओवादी केन्द्रका आगन्तुक नेताको ब्यवस्थापनको नाममा नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी पनि खोस्ने काम गरे । पार्टी कमिटीको बैठक आयोजना नगरी आफ्नो गुट भेलाबाट महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई खारेज गर्ने अधिकार ओलीलाई पार्टी विधानले दिदैन । उनको यो कदम पनि कँही ओलीलाई पनि कानुन लाग्छ भने जस्तै हो ।
ओलीका यस्ता पार्टी निर्णय र गतिविधि पार्टी विधान पद्ति विपरित गरिएको र उक्त निर्णय स्वीकार गर्न नसक्ने ठहर नेपाल – खनाल पक्षले गरेको छ । ओलीको यस कदमबाट सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा एमाले पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्षमा हेलिएको छ । जसबाट एमाले सग्लो रहने छैन भन्ने विषयलाई थप बल पुर्याएको देखिन्छ ।
यी गतिविधिले हेर्दा लाग्छ, ओली चाहन्छन् पुन: स्थापित एमाले उनको नेतृत्वको यस्तो प्राधिकरण होस्, जहाँ नेपाल-खनाल पक्ष देखिने छैन वा भेटिने छैन, सुनिने छैन, सुनिने छ त केवल ओली बा आइ लभ यु । उनका सारथीहरु उनलाई यसरी नै हौंसाई रहेका छन् र भनिरहेका छन्; “घरैमै आगो लगाएपछि खरानीको के दुःख महाराज !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार