देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक : पूर्वमन्त्री डा महत
नेपालबहस संवाददाता
फागुन २९, २०७७ शनिबार २२:१६:४३
२९ फागुन, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासंघ केन्द्रीय समितिको आज तनहुको दमौलीमा आयोजित नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका हुन् ।
उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा महतले बताए । “देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उनले भभने, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”
पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । “सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।”
स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे। उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासंघलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताए । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् । कार्यक्रममा व्यवसायीले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको बताउँदै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्क हुने स्थिति नरहेको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार