आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई सहज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १५:३०:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/Eyes-Operation__yT0Wd2UBTo.jpg)
१ चैत,खलङ्गा । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुँवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ ।
गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ । रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्ष रावलले बताए । आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।
सो केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्रज्योति सङ्घले गरेको सङ्घका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताए । आँखा उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले उपचारसँग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । उक्त उपचार केन्द्रले जिल्लाको क्षेत्र नं ९ख० का सर्वसाधारणलाई सेवा दिने छ । सोअन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई उपचारमा राहत हुने सिँजाका प्रवक्ता नवीन शर्माले बताए ।
पहिले नेपाल नेत्रज्योति सङ्घले गाउँमा वर्षमा एक÷दुईपटक शिविर राखेर मात्र आँखाको उपचार तथा शल्यक्रिया गर्ने गरेको थियो । गाउँका आँखाका रोगीको प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर शल्यक्रिया हुने गाउँपालिका प्रवक्ता शर्माले बताए । आखाँका रोगीले उपचार खर्च अभावमा रोग लुकाएर गाउँमै थन्किनुपर्ने अवस्था अब नहुने, सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा रोगको उपचार गरिदिने गाउँपालिका प्रवक्ता शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार