हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १५:३५:५३
१ चैत,सिमकोट । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।
तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।
यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाही बताउछन् । उनले भने, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”
हिउँदको समयमा बेमौसमी तरकारी बोकेर सदरमुकाम सिमकोट पु¥याउँदा एक मुठा सागको रु ३० र धनियाँ रु २० मा बिक्री गर्ने गरेको कृषक शाही बताउछन् । आफूले आफ्नो घरमा बेमौसमी तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको उनले जानकारी दिए । यसबाट महिनाको करिब रु सात हजारसम्म कमाउने गरिएको उनले बताए ।
सदरमुकाम सिमकोट आसपासका गाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांश गाउँपालिकाका कृषकलाई भने उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नपाउँदा समस्या भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार