राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १७:५:४५
१ चैत,त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ ।
वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने भएको छ । केन्द्रको उद्घाटन गर्दै वाग्मती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले किसानका खेतबारी र वनजङ्गलका जडीबुटीको उपयोगदेखि बिरामी हुँदा प्राकृतिक उपचार विधिको सेवा पाउन नगरसहित जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गरे ।
केन्द्र सरकारअन्तर्गत प्रत्येक प्रदेशमा एक–एकवटा आयुर्वेद अनुसन्धान केन्द्र तथा त्यससम्बन्धी औषधि बिरामीलाई सहजरूपमा उपलब्ध गराउने कार्यक्रम अनुरुप नुवाकोटमा कार्यालय स्थापना भएकाले यसबाट जनता र जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने नगरप्रमुख राजेन्द्ररमण खनालले बताए । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धनिकलाल भरखेर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामअधार यादवले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक नभई मूलधारमा ल्याउन प्रभावकारी भूमिका पुग्ने विश्वास व्यक्त गरे ।
प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने भएको छ । नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार