ग्याल्पो लोसारको अवसरमा सार्वजानिक बिदा

नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २०:४६:४४

१ चैत,फुङलिङ । ताप्लेजुङको तीन स्थानीय तहले ग्याल्पो लोसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन् । मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो लोसारमा सार्वजानिक बिदा दिएका हुन् ।
शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो लोसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर तुम्बाहङ्फेले बताए । ताप्लेजुङको मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँ पालिकामा शेर्पाहरुको बाहुल्य छ ।
बौद्ध धर्मावलम्बीको पर्र्व ग्याल्पो लोसार मान्यताअनुरूप हिमवत्खण्डबाट शुरु भएको ‘च्या लो’ ९चरा वर्ष० लाई बिदा गरी ‘खि लो’ ९कुकुर वर्ष० मनाइँदै आएको छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो ९दतु०मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ ।
शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए । लोसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना ९गुथुक०, खप्स र फलफूल खाएर आफ्ना आफन्तलाई शुभकामना दिने गरेको शेर्पाले बताए ।
प्रत्येक वर्ष १२ लो ९बाँदर, चरा, कुकुर, सुङ्गुर, मुसा, गाई, बाघ, बिरालो, ड्र्यागन, सर्प, घोडा र भेँडा ० वर्ष परिवर्तन भएर नयाँ वर्षको शुरुआत हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ । हिमाली क्षेत्रका बासिन्दाले लोसार ९नयाँ वर्ष० लागेको शुभ सङ्केतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन् । पात्रो अनुसार १२औंँ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने गरेको फक्तालुङ गाउँपालिका–७ निवासी छेतेन लामाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार