प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २१:२४:५४
१ चैत,काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात प्रवद्र्धनबाली (कफी, अलैँची, अदुवा, बेसार) दलहन–तेलहनबाली रहेका छन् ।
परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुँदै आएका ब्लक (सम्भाग)लाई ‘जोन’को तहमा स्तरोन्नति गर्न दूध (गाईभैँसी), तरकारी, मासुजन्य ९बाख्रा० फलफूल तथा निर्यातजन्य बाली कफीलाई प्राथमिकीकरण गरिएको छ । यी क्षेत्रमा अपेक्षित सफलता हासिल गर्नसके ती क्षेत्रलाई विषयगत बाली तथा पशुपालनका ‘सुपर–जोन’का रूपमा परिचित गराइने योजना बनाइएको छ ।
जिल्लामा प्राथमिकतामा परेका बालीलाई स्थानीय तहले आ–आफ्नो भूगोल तथा मौसमअनुसार कार्यपालिकाको बैठकमार्फत निर्णय गरी कार्यान्वयनमा ल्याउनेसमेत निर्णय गरिएको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए । “परियोजना सञ्चालित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा परियोजना कार्यान्वयन गर्ने निणय भएको छ”, उनले भने । उनका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ नगरपालिका र बेथानचोक गाउँपालिकामा परियोजना सञ्चालन गरिएको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले परियोजनाले प्राथमिकतामा राखेको बालीका विषयमा वडा भेलामार्फत छलफल गरी आवश्यकतानुसारको बाली लगाउन प्रेरित गर्दै जाने बताए । धुलिखेल नगर उपप्रमुख विमला शर्माले वडामार्फत प्राथमिकीकरण गरिएका बालीमध्ये आयोजना माग गरी कार्यान्वयनमा जाने बताए । “हामीले यो नै बाली लगाउनु भन्न मिल्दैन, कृषकको भूगोल र रुचिअनुसारको योजना दिनुपर्छ”, शर्माले भने।
जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिले परियोजना कार्यान्वयनका लागि स्थानीयस्तरमा सहजीकरण गर्ने, परियोजनामा तोकिएका कार्यक्रममा अन्तरनिकाय समन्वय तथा अनुगमन गर्ने परियोजना सञ्चालनका दौरान आइपर्ने समस्यालाई समाधान गर्ने छ ।
यस्तै स्थानीय तहले आफ्नो पालिकाभित्रका १२ डिग्रीभन्दा कम भिरालो भएका र तत्काल बस्ती विस्तारको सम्भावना नरहेका खेतीयोग्य क्षेत्र स्थानीय भूउपयोग परिषद्मार्फत पहिचान एवं वर्गीकरण गरी उपयुक्त क्षेत्रमा जमीनको चक्लाबन्दी गरी आधुनिक खेती गर्न, गराउन परियोजनामार्फत नीतिगत व्यवस्था गराइने भएको छ । परियोजनाद्वारा हाल जिल्लाका चार नगरमा ५० रोपनीभन्दा माथि क्षेत्रफलका जमीन व्यवस्थापन गरी चक्लाबन्दी गर्दै आधुनिक खेती गराउन थालिएको छ ।
पाँचखाल नगरको शेराबेंँसीमा २०० रोपनी, दुग्धेश्वरमा ५० रोपनी र अनेकोटमा २०० रोपनी, मण्डनदेउपुर नगरको कुन्ताबेंँसीमा २०० रोपनी, ज्वानेटारमा १०० रोपनी र बाँसगेडीमा १०० रोपनी तथा पनौती नगरमा ४०० रोपनी चक्लाबन्दी गरी आधुनिकीकरण खेती गराउन थालिएको हो । यी क्षेत्रमा आलुलगायत मौसमअनुसारका तरकारी तथा खाद्यान्न खेती भइरहेको छ । स्थानीय जनप्रतिनिधि जागरुक भए यो वर्ष तीन हजार ७०० रोपनीमा चक्लाबन्दी गरी आधुनिक खेती गर्न सकिने परियोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार