सम्पदा निर्माणमा नेपाली शैली र मौलिकता अपनाइने
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २२:१:१
१ चैत,मकवानपुर । बाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताएका छन् ।
बाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उनले प्रदेश राजधानी हेटौँडालगायत काठमाडौं उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गरे ।
उनले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पारे । मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले काठमाडौँ उपत्यका, मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माणकार्यलाई तीव्रता ल्याइएको बताए ।
उहाँले सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशतिm उपलब्ध गराइसकिएको उल्लेख गर्नुभयो । मन्त्री फुयाँलले प्रदेश राजधानी हेटाँैडाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको सूचना आह्वान गरिसकिएको र छिट्टै निर्माण शुरु गरिने बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, चित्लाङमा गरी ऐतिहासिक ११ र उपत्यकाको तीन गरी १४ वटा ढुङ्गेधाराको निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको बताउनुभयो ।
समझौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागार्इंले प्रदेशका विभिन्न जिल्लाबाट सडक र झोलुङ्गे निर्माणका लागि माग भई आएका ६० वटा निवेदनमाथि एक हप्ताभित्र छानबिन गरी पहिलो चरणमा ठाउँ तोकिने र बोलपत्र आह्वान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार