निफ्रासहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १९:३१:३३
२ चैत, काठमाडौं । लामो समयदेखि करेक्सनको यात्रामा अधि बढिरहको नेप्सेमा सोमबार पाँच कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।
आज सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा चन्द्रागिरि हिल्स कम्पनी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, अरुण भ्याली हाइड्रो कम्पनी, नेपाल इफ्रास्ट्रक्चर बैंक र नेशनल हाइड्रो पावर कम्पनीको शेयरको उच्च माग देखिएको हो ।
नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज सोमबारसम्म आईपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।
नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।
कारोबार सुरु भएदेखि चैत २ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १००० नजिक पुगेको छ । प्रतिशेयरमूल्य ९ सय ७२ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ६ लाख १३ हजार पुगेको छन् भने बिक्रि गर्ने कोही छैनन् ।
त्यस्तै, उच्च शेयर माग हुनेको दोस्रो स्थानमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । सोमबार कम्पनीको शेयर ३ लाख ३२ हजार कित्ता शेयरको माग भएको छ । भने शेयर बिक्री गर्ने ६ लाख ३७ हजार इकाई बिक्रीको आदेश छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रो कम्पनी शेयरमा पनि उच्च माग देख्न सकिन्छ । कम्पनीलाई तत्कालै तोपत्र बोर्डले हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको थियो ।
जसकारण केहि समयदेखि कम्पनीको शेयर किन्नेको भिड् लागेको हो । आज कम्पनीको २ लाख ४३ हजार कित्ता शेयरको माग परेको छ । बिक्री गर्ने भने ७० हजार मात्र छन् ।
त्यस्तै निफ्रा बैंक शेयरमा पनि उच्च माग छ । आज बैंकको २ लाख २९ हजार कित्ताको माग छ भने बिक्री गर्ने भने १ लाख देखिएका छन् ।
त्यस्तै पाँचौ शेयरको उच्च डिमान्ड हुनेमा नेशनल हाइड्रो पावर रहेको छ । आज १ः३० बजेसम्म कम्पनीको २ लाख २५ हजार शेयरको माग भएको छ भने बिक्री गर्ने भने ६५ हजार मात्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार