ओली र नेपाल पक्ष बैठक सकियो, बैठक निश्कर्षबिहिन
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १९:३३:१३
२ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीपक्ष र माधवकुमार नेपाल पक्षबीच भएको बैठक भर्खरै सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुई घण्टा बढी चलेको बैठक कुनै ठोस निश्कर्षमा पुग्न नसके पनि बैठक सकारात्मक रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
“वार्ता सकारात्मक भयो र दुवै पक्षले आ -आफ्नै अडान राखेका छौ । शीर्ष नेताहरु बीच संवाद जारी राख्ने कुरा भएको छ’ बैठकपछि माधव पक्षका नेता रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए ।
बैठकमा आफुहरुको उपस्थिति विना शुक्रबार गरिएको निर्णय स्वीकार गर्न नसक्ने धारणा स्पष्ट रुपमा राखेको जानाकारी नेता पन्तले दिएका छन । ओली पक्षले भने २८ गतेको निर्णयलाई मान्दै अघि बढनु पर्ने धारणा राखेका छन् । बैठक चलिरहँदा नेकपा एमालेका अगुवा नेता कार्यकर्ता र शुभचिन्तकहरुको पार्टी कार्यालय बाहिर बाक्लो उपस्थिति रहेको थियो ।
गत शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष र महासचिव बाहेक अन्य पादाधिकारी खारेज गर्दै माओवादी केन्द्रका नेताहरुलाई केन्द्रिय समितिमा एकतर्फी नियुक्ती दिएका थिए । जुन निर्णय पार्टी विधान विपरित भएको र त्यसलाई बैधता दिन नहुने माग गर्दै नेपाल-खनाल पक्ष निर्वाचन आयोग पुगेका थिए ।
ओलीको उक्त निर्णयपछि नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ भने ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । दुवै पक्षबाट समान्तर गतिविधि सिर्जना भएपछि आजको बैठकले पार्टीलाई फुटतर्फ जान नदिन आइसब्रेक गरेको रुपमा नेताहरुले लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार