माओवादी केन्द्रको बैठकमा पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा नेताको जोड
नेपालबहस संवाददाता
चैत २, २०७७ मंगलबार ०:५९:५९
२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ का नेताहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले अहिलेको राजनीतिक अवस्था, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा जोड दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“केन्द्रीय सदस्यहरुले वैचारिक राजनीतिक कार्यदिशालाई अझ स्पष्ट बनाएर पार्टीलाई विधि, पद्धति र सामूहिक ढङ्गले सञ्चालन गर्नुपर्ने र कमीकमजोरीलाई समीक्षा गर्दै आफूलाई रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका थिए”, केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै उनले भने ।
बैठकमा २० केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, फम्फा भूसाल, वर्षमान पुन, रामदीप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजीत श्रीपाइली, जयपुरी घर्ती, परशुराम रम्तेल, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम तामाङ, डिलाराम आचार्य, ओम शर्मा, कुमार पौडेल र रामचन्द्र झाले विचार व्यक्त गरेका थिए । उनीहरुले आ–आफ्नो धारणा राखेसँगै आजको बैठक स्थगित भएको थियो ।
प्रवक्ता श्रेष्ठल केही दिन पछाडि यही बैठक पुनः शुरुआत गर्ने बताए । बैठकले सर्वोच्च अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन दिने निर्णय पनि गरेको छ । “तत्कालीन राजनीति परिस्थितिसँग जोडिएका कार्यभार पूरा गर्न सबै राजनीतिक दलसँग वार्ताको प्रक्रियालाई तीव्र बनाउनेछौँ”, उनले भने । बैठकले केन्द्रीय नेताहरु आ–आफ्नो कार्यक्षेत्रमा खटिएर निर्धारित जिम्मेवारी सम्पन्न गर्न जाने निर्णयसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार