राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाइन
नेपालबहस संवाददाता
चैत २, २०७७ मंगलबार ३:५१:२०
२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले आज उक्त खोप लगाएकी हुन् । खोप लगाइसकेपछि उनले भनिन, “विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ ।
यो निकै खुशीको कुरा हो ।” सरकारले नेपालमा समयमा नै कोरोनाविरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरे । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिइन । “ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो” उनले भनिन, “खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।”
राष्ट्रपति भण्डारीले केही दिनभित्रै छिमेकी मित्रराष्ट्र बङ्गलादेशको भ्रमण गर्न लागेका छिन् । सो अवसरमा राष्ट्रपतिले निर्धक्क भएर खोप लगाउन नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरिन । उनले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, स्वास्थ्य सचिव एवं शिक्षण अस्पतालका पदाधिकारीलाई धन्यवाद दिइन ।
उनले कोरोनाविरुद्ध जनतालाई जागृत गराउँदै जोखिम न्यूनीकरण गर्न सफलता पाएकामा नेपाल सरकारलाई चिकित्सक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्तालाई मुक्त कण्ठले प्रंशसा गरिन । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार