ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १७:३२:५२
३ चैत,साओ पाओलो । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।
यसरी यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख संक्रमणमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार