दाङ पुगेर कोइरालाले भने–कांग्रेसका खम्बा मक्किएका छन्, महाधिवेशनबाट जिर्णोद्वार हुन्छ

नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १७:४६:९

४ चैत, दाङ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका दावेदार डा.शेखर कोइरालाले कांग्रेसभित्र मक्किएका खम्बाहरु अब फेर्ने बेला आईसकेको बताएका छन् । यदि घरलाई दर्बिलो बनाउने हो भने मक्किएका खम्बाहरु फेर्न अप्ठ्यारो मान्न नहुने बताउँदै नेता कोइरालाले यसको उचित व्यवस्थापन गर्ने स्थान पार्टीको महाधिवेशन भएको बताए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले पार्टीमा नयाँ नेतृत्वले नयाँ उचाईका साथ कांग्रेसलाई अगाडि बढाउने दृढता समेत उनले व्यक्त गरेका छन् ।
पितृशोकमा रहेका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीलाई दाङको तुल्सिपुरस्थित निवासमै पुगेर समवेदना व्यक्त गरि घोराहीमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्ने क्रममा नेता डा. कोइरालाले वर्तमान राजनीतिक घटनाक्रमहरु अत्यन्तै तरल अवस्थामा रहेकोले अबको राजनीतिक निकास भनेको निर्वाचन नै हुने दावी गरेका छन् ।
कोइरालाले देशलाई सधैं अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै वर्तमान संकटको एकमात्र विकल्प निर्वाचन भएको बताए । संसद पुर्नस्थापनापछि पनि राजनीतिले सकारात्मक निकास दिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले चुनावी सरकार गठन गरी अब चुनावमा जान ढिलाई गर्न नहुने बताए ।
चुनाव आगामी मंसिर या बैशाखमा गर्न सकिने बताउँदै वर्तमान ओली सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रका आधार स्तम्भहरु भत्काउँदै गएकोतर्फ आक्रोश समेत व्यक्त गरेका थिए । नेता कोइरालाले वर्तमान कम्युनिस्ट सरकारले निर्वाचन गराउन सक्ने लक्षण नदेखिएकोले अब नेपाली कांग्रेसले आफैले नेतृत्वमा नयाँ सरकार गठन गरेर भएपनि निर्वाचन गराउनुपर्ने बताएका हुन् ।
भावी सभापतिका दावेदार समेत रहेका कोइरालाले कांग्रेसमा विचार र सिद्धान्त स्पष्ट भएपनि कार्यान्वयन तहमा देखिएको निस्कृयता र नेतृत्व तहको नैराश्यताका कारण नेपाली कांग्रेस अहिले कमजोर स्थितिमा देखिएको बताए । उनले आगामी महाधिवेशनबाट नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन हुने र युवाहरुको काँधमा थप जिम्मेवारी आउनेतर्फ ईङ्गित गर्दै त्यो जिम्मेवारी वहन गर्न पार्टीका युवा शक्तिमा थप साहस, आँट र हिम्मत हुनु आवश्यक रहेको बताए ।
मक्किएको खाँबोले घरको भार थाम्न नसक्नेतर्फ लक्षित गर्दै नेता कोइरालाले अब मक्किएका खम्वालाई हटाएर नयाँ खम्वाको प्रयोग (जिर्णोद्वार) गरी घरलाई परिवारका सबै सदस्य अटाउने र बस्न योग्य बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको सो अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता कोइरालासहित केन्द्रीय सदस्यहरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ र गुरुराज घिमिरे, आमन्त्रित केन्द्रीय सदस्य किरणकिशोर घिमिरे, रुपन्देही कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक, प्युठानका कांग्रेस जिल्ला सभापति अमर भण्डारी, दाङ कांग्रेस सभापति कृतिबहादुर खड्का लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार