पौडेलको ‘विगत र वर्तमान’ कविता सङ्ग्रह बजारमा
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १८:४०:१६
४ चैत,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी टीकाराम पौडेलले ८४ औं जन्मदिनको अवसरमा कविता सङ्ग्रह बजारमा ल्याएका छन् । पौडेलले आफ्नो पहिलो कृति ‘विगत र वर्तमान’ कविता सङ्ग्रह बजारमा ल्याएका हुन् ।
कविता सङ्ग्रहको गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विमोचन गरे । सो अवसरमा प्रदेशसभा सदस्य पहारीले मानवीय जीवनको अभिव्यक्ति नै साहित्य भएको चर्चा गरे । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको पहारीको भनाइ थियो ।
चौरासी पुष्ठ लामो कविता सङ्ग्रहमा ८४ कविता सङ्ग्रृहीत छन् । शुक्ला साहित्य सङ्गम तनहुँले प्रकाशन गरेको सङ्ग्रहमा संस्कृति, संस्कार, विकृति, विसङ्गतिका विषयलाई समावेश गरिएको छ । बुबाको सिर्जनालाई जीवन्त राख्न पुस्तक नै प्रकाशन गरेको टीकारामका छोरा मोतीप्रसाद पौडेलले बताए । “उनले पहिल्यैदेखि कविता लेख्थ्ये । कविता लेख्ने थन्क्याउँदै राख्थ्ये, त्यसैलाई पुस्तकको रुप दिइएको हो,” उनले भने। पोखरा महानगरपालिकास्थित भलाममा जन्मिनुभएका दुलेगौँडा निवासी पौडेल पूर्व शिक्षक समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार