आजदेखि मोबाइलबाट कोरोना सन्देश हट्याे
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १९:४८:१७
४ चैत, काठमाडौं । नेपाल टेलिकमले आजदेखि जिएसएम मोबाइल नम्बरको रिङ ब्याक टोन हटाएको छ । टेलिकमले महामारीको रुपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० संक्रमण रोकथामका लागि मोबाइलमै सचेतनामूलक रिङ व्याक टोन सेवा सुरु गरेको थियो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वास्थ्य मन्त्रालयले मोबाइल नम्बरको रिङ ब्याक टोन हटाउन आग्रह गरेको जानकारी दिए । कोरोना संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन टेलिकमले गत वर्ष गत वर्ष चैत ६ गतेदेखि जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ ब्याक टोनमा विभिन्न सन्देशहरु प्रसारण गरेको थियो ।
स्वदेश तथा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्ने व्यवस्था मिलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार