एनसीसी बैंकको ऋणपत्रमा चैत्र १३ गतेदेखि आवेदन दिन सकिने
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १४:४२:१७
५ चैत, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चैत्र १३ गते, शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको लागि “९।५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
को हो बिक्री प्रबन्धक ?
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
चैत्र १३ गते, शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा चैत्र १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप गाडी दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार