कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षी धेरै
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १५:३:१३
५ चैत,कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपति जिम्मेवारी दिएको छ । त्यस्तै मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो ।
मन्त्रालयले फागुन २४ गते तीनै प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि सात दिनको समयावधि राखेर आवेदन मागको सूचना गरेको थियो । प्रतिष्ठान पाटन र प्रतिष्ठान पोखरामा १२÷१२ को आवदेन परेको छ भने प्रतिष्ठान कर्णालीमा २१ ले उपकुलपतिका लागि आवेदन दिएका छन् । यसबाट उपकुलपतिको पदमा नियुक्ति हुनेको प्रतिस्पर्धा कडा हुने देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति डा मङ्गल रावल, निवर्तमान उपकुलपति प्रा डा वाग्ले, डीन डा रेशम राना, रेक्टर निरेश थापा, डा सूर्यमान लिम्बू, प्रा डा तरुण पौडेल, डा राजीव साह, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा गेहनाथ बराललगायत २१ ले आवेदन दिएका छन् ।
त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति प्रा डा राजेशनाथ गङ्गोल, रजिष्ट्रार प्रा डा पारसकुमार आचार्य, प्रा डा गेहनाथ बराल, प्रा डा राजेन्द्र वाग्लेलगायत १२ ले आवेदन दिएका छन् । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा ध्रुव अधिकारी, डा भरत खत्री, डा डुपबहादुर क्षेत्री, डा श्रीकृष्ण श्रेष्ठ, डा विजय अर्याललगायत १२ को आवेदन परेको छ ।
सरकारले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्ने उषा झा सदस्य छन् ।
प्रतिष्ठान जुम्लामा उपकुलपतिमा आकर्षण बढ्नुमा उपकुलपति योग्यताको जनशक्ति प्रतिष्ठानमै रहेको र अन्य प्रतिष्ठानमा भन्दा राम्रो सेवा सुविधा भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । स्वास्थ्य मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता पुगेका इच्छुक उम्मेदवारलाई रीतपूर्वको निवेदन सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी सञ्चालन गर्न तयार पारिएको सिलबन्दी व्यावसायिक कार्ययोजना पेश गर्न पनि अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार