खनाल–नेपाल भेलाको निश्कर्ष : ओली प्रवृत्ति घातक
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २१:४३:९
५ चैत, काठमाडौं । नेकपा एमालेको झलनाथ – माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले मुलुकको कम्युनिष्ट आन्दोनललाई बलियो बनाउन केपी ओली नेतृत्वको सरकार तत्कालै विस्थापित गर्नपर्ने निश्कर्ष निकालेको छ । हिजो र आज ललितपुरमा भएको भेलाले कम्युनिष्ट आन्दोलन कमजोर बनाउन ओली प्रवृत्ति कारक रहेको भन्दै तत्कालै नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता थाल्नुपर्ने निचोड निकालेको छ ।
विभिन्न समूह बनाएर गरिएको छलफलको प्रतिवेदनहरु लगभग उस्तै समस्या र समाधानको उपाय सुझाउने खालका देखिएका छन् । अहिले सबै प्रतिवेदन मिलाएर एउटै दस्ताबेजका रुपमा निकाल्ने तयारी भइरहेको छ । ओली प्रवृत्तिले कम्युनिष्ट आन्दोलन कमजोर र बद्नाम भएको भन्दै अब सबै वामपन्थी शक्तिलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको सबैको धारणा पाइएको छ ।
विगतमा नेकपा र अहिले एमालेलाई कमजोर बनाउन ओलीले राज्य संयन्त्रको भरपूर दुरुपयोग गरेको भन्दै यसलाई नियन्त्रण गर्नकै लागि भएपनि ओली सरकार विस्थापित गर्नै पर्ने उल्लेख भएको छ । पार्टी अध्यक्ष जस्तो मानिस गुटबन्दीमा रमाउन थालेकाले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै अधिकांश कार्यकर्ताहरुले ओलीलाई सच्याउन जोडदार कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका छन् ।
पार्टी संरचनालाई अझ बलियो र सुदृढ बनाउन कार्यकर्ता तहमा मनोबल बढाउनुको सट्टा कमजोर बनाउन थालिएको भन्दै अब जस्तो सुकै अवस्थामा पनि ओली प्रवृत्तिलाई परास्त गर्नु आवश्यक रहेको उल्लेख गरिएकोछ । साँझ एकीकृत दस्ताबेज घोषणा गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार