नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा २० लाख जम्मा
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २१:५४:३३
५ चैत,झापा । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो ।
सोही अक्षयकोषका लागि आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १०१ प्रदान गरेको छ । उनीहरु दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनीहरुले महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए ।
संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए । संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार