सिंगटी हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १२:१०:४१
६ चैत, काठमाडौं । सर्वसाधारणको लागि आज चैत ६ गते शुक्रबारदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लगानीकर्ताको लागि कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्दैछ ?
कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गर्नेछ । जसमध्येमा २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणको लागि र बाँकी २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।
बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।
कहिलेसम्म दिने आवेदन ?
कम्पनीको आइपीओमा लगानीकर्ताले आज चैत ६ गते शुक्रबारदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
कति कित्ताको लागि आवेदन दिने ?
कम्पनिले बिक्री खुल्ला गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । पछिल्लो समय निष्कासन भएका सबै कम्पनीको आईपीओमा माग भन्दा धरै गुणा बढि आवेदन परेका थिए । जसले गर्दा एक पछि अर्का कम्पनीको आईपीओमा नयाँ रेकर्ड बने । भर्खरै मात्र आईपीओ निष्कासन गरेको ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा १८ लाख बढिले आवेदन दिएका थिए ।
बिक्री प्रबन्धक को हो ?
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मेगा क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार