अल्छीपना र मोटोपना हटाउन कर्मचारीको कार्यालयमै स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १४:३४:८
६ चैत,डोटी । डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।
सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उता सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ भन्ने अभियान शुरुआत गरेसँगै यहाँका सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान शुरुआत गरेको हो ।
उक्त अभियानअन्तर्गत पहिलो दिन बिहीबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायत जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कर्मचारीको स्वास्थ्य परीक्षणअन्तर्गत उच्च रक्तचाप, मोटोपना, बिएमआई, मधुमेहको मात्रा, कोलेस्ट्रोल, केटिनाइनलगायतका रोगको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाइदाजनक रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । कर्मचारीको स्वास्थ्य जाँच अभियानको शुरुआतले प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोगसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी सहभागी हुने गरेका छन् ।
पहिलो चरणअन्तर्गत जिल्लास्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कायालयमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गरिन थालिएको छ । यसैगरी आगामी दिनमा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा जिल्लाव्यापी बनाउने योजना रहेको जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार